जहाँ बिउ नरोपेरै ५०० मुरी आलु फल्छ (भिडियो)

रिपोर्ट नेपाल | 2018 Jun 25 | 12:07 pm 4430

गुल्मी, असार ११: सुन्दा अचम्म लाग्छ । तर सत्य हो , जहाँ बिउ नरोपेरै वर्षौदेखि आलु निरन्तर फलिरहेको छ ।

गुल्मीको अर्खाभाङमा हरेक वर्ष बिउ नरोपेर नै आलु फलिरहेको छ । शुरुमा त यसरी आलु फलेको देखेर स्थानीयहरु अचम्मित भएका थिए । जब त्यसको वास्तविकता थाहा पाए । त्यसपछि उनीहरुले त्यसलार्इ व्यवस्थित गरेर व्यवसायिक बनाउनतिर लागेका छन् ।

एक जना स्थानीय भन्छन्, ‘म जन्मेदेखि नै यस्तै हुँदै थियो । बाउबाजेले मकैलार्इ खान्छ भनेर वास्ता गर्नुभएन । तर जब म जान्‍ने भए त्यसपछि यसलार्इ व्यवस्थित गर्नुपर्छ भनेर लागि रहेको छु । ‘

उनका अनुसार एक सिजनमा ५० मुरीदेखि ५०० मुरीसम्म आलु फल्छ । यसरी आलु फल्न थालेपछि उनीहरुको आयस्रोतको माध्यम पनि आलु नै बन्ने गरेको छ ।

हेर्नुस् भिडियो 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.