काठमाडौं, मंसिर १२: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।
नेकपा निर्वाचन परिचालन कमिटी धरानले बुधबार आयोजना गरेको चुनावी सभामा सम्बोधान गर्दै उनले काँग्रेसले नेकपालाई बदनाम गराए आफैँ सकिने बताए।
नेपालको विकास कम्युनिष्टले गर्छ । अब चाँडै आदिवासी जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्न पाउने दिन आउनेछन् , पूर्वप्रधानमन्त्री दाहालले भने, हामीले महिला राष्ट्रपति, जनजाति उपराष्ट्रपति, महिला सभामुख बनाइसकेका छौं । अब महिला, जनजाति र दलित प्रधानमन्त्री बनाउने पालो छ ।
सभामा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता भीम आचार्य, नगर प्रमुखका उम्मेदवार प्रकाश राईलगायतका नेताले चुनावी प्रचार प्रसारलाई सम्बोधान गरेका थिए ।