- महेश सिंह
सिरहा, मंसिर ११: सिरहाको दक्षिण सिमावर्ती क्षेत्रमा पर्ने सिरहाको भगवानपुर गाउँपालिका ५ लालपुरबाट अवैध लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका वडा ५ का २१ वर्षीय मुकेश कुमार र सोही ठाँउका २५ वर्षीय सन्जय कुमार यादव रहेको प्रहरीले जानकारी दिए ।
उनीहरुलाई सिरहाको ठाडी भन्सार र इनर्वाबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा प्रदेश २–०१–००१ प ३४७१ नम्बरको मोटरसाइकलमा भारतबाट लुकाई छिपाई लागूऔषध नेपाल भित्राउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाए।
पक्राउ परेका उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध डाइलेक्स डि सि – १५ बोतल , डाइजिल्याप १८ एम्पुल , र्प्रोमे थिन हाइड्रइड १८ एम्पुल, नोरफिन१९ थान र नाइट्रोभेट ३० थान सहित पक्राउ गरेका हुन् ।
पक्राउ परेका दुबै जना र मोटरसाइकलसहित तथा थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाको सूचना अधिकारी अपिल राज बोहराले बताए ।