चेकमा किर्ते हस्ताक्षर गरी २० लाख चोर्ने ६ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 27 | 08:44 am 1729

काठमाडौं, मंसिर ११: चेकमा किर्ते हस्ताक्षर गरी २० लाख चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अन्जन बराल, मणि घिमिरे, सुवास बजगाइँ, कुमार तामाङ सहित ६ जना रहेको प्रहरीले जानकारी दिए ।

राजधानीका बैंकबाट खातावालको हस्ताक्षर नक्कल गरी रकम चोरी गर्ने नयाँ गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंका गोपालमान राजवाहकले जनता बैंकमा रहेको खाताबाट अचानक २० लाख रुपैयाँ हराएपछि प्रहरीकहाँ उजुरी गर्दा उक्त गिरोहबारे पत्ता लागेको हो ।

अचानक रकम गायब भएपछि राजवाहकले दुईदिन अघि मात्रै प्रहरीकहाँ उजुरी दिएका थिए ।सोही आधारमा प्रहरीले अनुसन्धान गरी ६ जना अभियुक्तलाई पक्राउ गर्न सफ भएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.