नारायणहिटीको लमजुङ कक्ष विकास समितिमार्फत दिने तयारी

| 2019 Nov 27 | 07:50 am 2023

काठमाडौं, मंसिर ११: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्ष विकास समितिमार्फत दिने तयारी गरेको छ। मन्त्रालयले गत सोमबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (गठन) आदेश २०७६ जारी गरेलगत्तै सो तयारी गरेको हो।

यसअघि मन्त्रीसहितको टोलीले संग्रहालय अवलोकन गरेर नेपाल भ्रमण वर्षअगावै लमजुङ कक्ष र फोहरा बगैंचाको व्यवस्थापन गर्न सांग्रिला होटललाई दिने तयारी गरेको थियो।

सञ्चारमाध्यममा बढी हल्ला चलेपछि मन्त्रालय चुप बसेको थियो। विकास समिति गठन आदेशसँगै सो विषयले पुनः चर्चा पाउने भएको छ। विकास समिति गठनपछि कार्यकारी निर्देशक नियुक्ति गरी सो विषय प्रवेश गरेर भाडामा दिने तयारी भइरहेको छ। –स्रोतले भन्यो।

मन्त्रालयको उच्च स्रोतका अनुसार विकास समिति गठन भएलगत्तै भ्रमण वर्षअघि नै भाडामा दिने विषयमा निर्णय हुन सक्छ। मन्त्रालयका उच्च कर्मचारीलाई भाडामा दिने विषयमा चुप लागेर बस्न आग्रह गरिएको छ। मन्त्रालयका उच्च अधिकारीबीच भएको कुराकानीमा विकास समिति गठन भएपछि सो विषयमा निर्णय गर्ने तयारी भइरहेको छ। नेपाल समाचारपत्रबाट

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्ष विकास समितिमार्फत दिने तयारी गरेको छ। मन्त्रालयले गत सोमबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (गठन) आदेश २०७६ जारी गरेलगत्तै सो तयारी गरेको हो।

यसअघि मन्त्रीसहितको टोलीले संग्रहालय अवलोकन गरेर नेपाल भ्रमण वर्षअगावै लमजुङ कक्ष र फोहरा बगैंचाको व्यवस्थापन गर्न सांग्रिला होटललाई दिने तयारी गरेको थियो।

सञ्चारमाध्यममा बढी हल्ला चलेपछि मन्त्रालय चुप बसेको थियो। विकास समिति गठन आदेशसँगै सो विषयले पुनः चर्चा पाउने भएको छ। विकास समिति गठनपछि कार्यकारी निर्देशक नियुक्ति गरी सो विषय प्रवेश गरेर भाडामा दिने तयारी भइरहेको छ। –स्रोतले भन्यो।

मन्त्रालयको उच्च स्रोतका अनुसार विकास समिति गठन भएलगत्तै भ्रमण वर्षअघि नै भाडामा दिने विषयमा निर्णय हुन सक्छ। मन्त्रालयका उच्च कर्मचारीलाई भाडामा दिने विषयमा चुप लागेर बस्न आग्रह गरिएको छ। मन्त्रालयका उच्च अधिकारीबीच भएको कुराकानीमा विकास समिति गठन भएपछि सो विषयमा निर्णय गर्ने तयारी भइरहेको छ। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.