ललितपुर, मंसिर १०: बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई मंगलबार प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका इमाडोलका ४२ वर्षीय पञ्च महर्जन रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिए ।
उच्च अदालत पाटनको २०७६ असार ८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा तीन लाख ५० हजार जरिवाना र १० दिन कैद सजाय तोकिएका महर्जन फरार थिए ।
पक्राउपछि महर्जनलाई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाए ।