प्रदेश ३ को नाम र स्थायी राजधानी टुंगो लगाउन अध्यक्ष प्रचण्डको आग्रह

रिपोर्ट नेपाल | 2019 Nov 26 | 12:53 pm 1867

मकवानपुर, मंसिर १०: सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ३ को नाम र स्थायी राजधानी केही दिनमा नै टुंगो लगाउन आग्रह गरेका छन् ।

मंगलबार हेटौंडामा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू र नेकपाका नेताहरूबीच कुराकानीको क्रममा उनले अब प्रदेशको नाम र स्थायी राजधानीबारे अन्यौल राख्न नहुने बताए ।

प्रदेशसभा र सरकारले छिट्टै टुंग्याउँछ भन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए । त्यसमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.