आज बालाचर्तुदशी

रिपोर्ट नेपाल | 2019 Nov 25 | 09:19 am 1797

काठमाडौं, मंसिर ९: दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै आज बिहानै पशुपति क्षेत्रको मृगस्थलीमा सद्बिज छरी बालाचर्तुदशी पर्व मनाइएको छ ।

सद्बिज छर्न श्रद्धालु भक्तजनको आइतबार राति नै पशुपति क्षेत्रमा भीड लागेको थियो । सद्बिजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ ।

आजका दिन मृगस्थलीमा सद्बिज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको पाइन्छ ।

परिवारका दिवङ्गत सदस्यको सद्गतिको कामनाका साथ मार्ग कृष्ण त्रयोदशीका दिन राति नै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनले दीपदान गरेका छन् । धैरै भक्तजन दीपदान गरी रातभर पशुपतिनाथ मन्दिर परिसरमा नै सद्बिज छर्न जागराम बस्ने गर्दछन् ।

यसैगरी खोटाङको हलेसी, नुवाकोट र म्याग्दीलगायत देशका अन्य शक्तिपीठहरुमा पनि सद्बिज छरेर बालाचतुर्दशी पर्व मनाउँने परम्परा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.