जन्ती बोकेको बस धादिङको गल्छीमा दुर्घटना एकको मृत्यु, ४० घाइते

रिपोर्ट नेपाल | 2019 Nov 24 | 08:57 am 1418

धादिङ, मंसिर ८: आइतबार बिहान धादिङमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् ।

बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गर्दा धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिए ।

दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

घाइते भएका ४० जना मध्ये १७ जनाको अवस्था गम्भीर रहेकोले उप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.