बिद्यालाई चुनावमा उठाउनु र जनताले मतदान गर्नु गणतन्त्र माथीको प्रहार : गगन थापा

| 2019 Nov 23 | 01:09 pm 2085

पोखरा, मंसिर ७ : नेपाली कांग्रेसका नेता गगन थापाले गणतन्त्र नेपालमा रगतको सम्बन्धका आधारमा सत्ता चलाउन खोज्नेहरुलाई जनताले भोट हाल्न नहुने बताएका छन । राजाको छोरा राजा हुने ब्यवस्थाको अन्त्य गरेर जनताको छोरा छोरीलाई देशको भबिष्य लेख्ने तहमा पुर्याउने ब्यवस्था आएको यो समयमा फेरी रबिन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा उनकी पत्नि बिद्या भट्टराइलाई जिताउन नहुने बताए ।

गणतन्त्र नेपाल निमार्णमा रबिन्द्र अधिकारीको महत्वपुर्ण योगदान रहेको र त्यहि गणतन्त्र धरापमा पार्ने गरि उनकी पत्नि बिद्यालाई चुनावमा उठाउनु र जनताले मतदान गर्नु गणतन्त्र माथीको प्रहार भएको उनले जिकीर गरे । उनले घुमाउरो पारामा रबिन्द्रको सपना परिवारतन्त्र नभइ गणतन्त्र भएको बताए । प्रबिण गुरुङ काण्डमा पारश शाहका बिरुद्ध उत्रीएका रबिन्द्र परिवारतन्त्रका बिरोधी हुन । त्यसलै रबिन्द्रको सम्मान गर्न यो परिपाटिको अन्त्य गरिनुपर्छ । उनले गणतन्त्रलाई संस्थागत गर्न जनताको छोरा , नेपाली प्रजातन्त्रका योद्धा तथा कांग्रेसका उमेदवार खेमराज पौडेललाई मतदान गर्न आग्रह गरे ।

कास्की क्षेत्र नं २ को वडा नं १६ ले आयोजना गरेको चुनावी सभामा संबोधन गर्दै उनले नेपाली कांग्रेसको जितले वर्तमान सरकारको रबैयाको जवाफ दिने बताए । यो निर्वाचनको नतिजाले नेपाली कांग्रेसलाई सत्तामा पुर्याउने र नेकपाको सत्ता गिर्ने होइन , तर यो सरकारको अलोकप्रियताको दर्पणका रुपमा देखिने र सरकारको कार्यशैलि परिवर्तन गर्न सरकारलाई नै मद्धत पुग्ने बताए ।

थापाले कास्की २ का जनताले सहानुभुतिका आधारमा मतदान गर्न नहुने बताए । उनले सहानुभुतिले देश र घर दुबै नचल्ने भन्दै रबिन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले भने , हो हामीलाई रबिन्द्र दाईको निधन प्रति दुख छ तर रबिन्द्र दाईको सपना उनका परिवारले पुरा गर्ने होइन ,कास्कीका जनताले पुरा गर्ने हो । जसका लागी खेमराज पौडेल जस्तो अग्लो कद र छबि भएका अरु कुनै उमेदवार नै छैनन ।

वर्तमान सरकारका प्रधानमन्त्री केपीको ओलीको २ बर्ष अगाडीको अन्र्तवाताको रेकर्ड नै सुनाउँदै उनले सरकारलाई दुइ बर्षमा भएका काम सार्वजनिक गर्न चुनौति दिए । रेल ,पानी जहाज लयागत यो सरकाले बाँढेका सपनाहरु जनतामैत्री नभएको र जनतालाई गुम्राहमा राख्नका लागी बनाइएका योजना भएको आरोप लगाए । कुनै पनि क्षेत्रमा सन्तोषजनक काम नभएको भन्दै यो सरकारले नेपाली जनतालाई बिदेश जान बाध्य बनाएर रेमिट्यान्सबाट आफ्ना कार्यकर्ता पाल्ने काम गर्न खोजेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रामशरण महतले पनि आफ्नो मन्तब्य राखेका थिए । पोखराको बाटुलेचौरको मैदानमा आयोजना गरिएको कार्यक्रम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री शशांक कोइराला , नेपाल तरुण दलका अध्यक्ष जित जंग बस्नेत लगायत जिल्ला स्तरका नेताहरुको उपस्थीति रहेको थियो । कार्यक्रम नेपाली कांग्रेसका प्रदेश सभा सांसद तथा सो वडाका चुनावी कमाण्डर कुमार खड्को सभापतित्वमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.