अवैध रुपमा जडीबुटी संकलन गरेका सामुदायिक वनका अध्यक्ष र सचिव पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 22 | 08:53 am 3310

बाजुरा, मंसिर ६: गैर कानूनी रुपमा जडीबुटी संकलन गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिमाली गाउपालिका १ बामु देबीडाडा सामुदायिक वनका अध्यक्ष राजबहादुर भण्डारी र सचिव बियलाल रोकाया रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

गैर कानूनी रुपमा जडीबुटी संकलन भईरहेको गोप्य सुचनाका आधारमा प्रहरी चौकी विच्छायाबाट खटीयको प्रहरी टोलीले अन्दाजी एक क्युन्टल कटुकी सहीत दुई जना वन उपभोक्त समितिका पदाधिकारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक उद्धबसिंह भाटले बताए ।

अवैध रुपमा संकलित जडीबुटी वन उपभोक्ता समितिका उपाध्यक्ष गोर्ख भण्डारीको जिम्मा दिएर पक्राउ परेको दुबै जनालाई जिल्ला सदरमुकाम ल्याईएदै गरेको भाटले बताए । जिल्ला सदरमुकाम ल्याएर अनुसन्धान थालिने र कानून बिपरित संकलन गरिएको पाईएमा वन एेन अनुसार कार्बाही गरिने प्रहरी प्रमुख भाटले बताए ।

उक्त ठाउँ जिल्ला सदरमुकाम मार्तडीबाट पाँच दिनको पैदल दुरीमा पर्छ भने बिच्छाया प्रहरी चौकी रहेको कवाडीबाट दुई दिनको पैदल दुरीमा रहेको छ । बाजुरा जिल्लामा पाइने सेतकचीनी जस्तै कटुकी, पाच औले भुल्ते सेतक चीनी लगायत करोडौंको जटिबुडी इजाजत पत्र बिना संकलन र हुम्ला, जुम्ला र कालिकोट तिर निकासी भइरहेको पटक पटक सुचना आइरहने गरेका छन् ।

तस्करले चोरी छिपी वार्षिक करोडौंका जडिबुटी अवैध ढंगले निकासी गरिरहेको प्रति स्थानीय जडिबुटी व्यवसायी समेत आक्रोशित छन् । जिल्लामा जटिबुडी उद्योग भएको कागज देखाएर सुदूरपश्चिमको जडिबुटी सोझै भारत र चिन लगायत देश बाहिर लिने गरिरहेका छन् । राजधानी दैनिकमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.