नव नियुक्त कृषिमन्त्री भुसालले भने, ‘लोभ राख्दिनँ, डराउँदिन’

रिपोर्ट नेपाल | 2019 Nov 21 | 03:18 pm 1439

काठमाडौं, मंसिर ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेका नयाँ मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

शपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै नव नियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले आफू लोभ लालचा राखेर कुनै पनि काम नगर्ने र काम गदा आइपर्ने अप्ठ्याराहरुसँग डराएर पछि नहट्ने स्पष्ट पारेका छन् ।

उनले आफूले इमान्दारिताका साथ कृषिमन्त्रीको रुपमा कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार कृषिमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री भुसालले भने, ‘म लोभ र डरमा काम गर्दिनँ । म सिक्दै बुझ्दै काम गर्छु । कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्छु ।’

उनलाई मन्त्रालयमा बधाइ दिन निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल पनि पुगेका थिए । सो क्रममा खनालले बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन् । भुसालले निवर्तमान कृषिमन्त्री खनालसहित सबैको सुझावको आधारमा अघि बढ्ने पनि बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.