संखुवासभा, मंसिर ५: ट्याक्टर दुर्घटना हुँदा संखुवासभामा एक जनाको मृत्यु भएको छ।
ग १ त ४१६४ नम्बरको ट्रयाक्टर चिचिला गाउँपालिका–१ मा बिहीबार बिहान करिब ६ दुर्घटना भएको प्रहरी चौकी चिचिलाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द खत्रीले जानकारी दिए।
प्रहरी घटनास्थलमा पुगिसकेको र मृतकको पहिचान र थप अनुसन्धान भइरहेको पनि खत्रीले बताए।