विप्लव समुहका कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 19 | 09:48 pm 2005

दाङ, मंसिर ३: सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द (विप्लप) समुहका एक कार्यकतालाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा बबई गाउँपलिका वडा नम्बर २ ट्वाङखोलाका ४८ वर्षीय रणबहादुर वली रहेका छन् ।

दाङ प्रहरी कार्यालयबाट खटीएका प्रहरी टोलीले लुकिछिपी हिडीरहेको अवस्थामा शंका लागी चेकजाँच तथा सोधपुछ गर्दा उनी विप्लव निकट कार्यकर्ता भएको खुल्न आएको प्रहरीले जानकारी दिए । उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.