बाग्लुङ, मंसिर ३: गोरु काटेर खाएको अभियोगमा काठेखोला गाउँपालिका–१ पालाबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान रहेको प्रहरीले जानकारी दिए ।
पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जनाए।
उनीहरु सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानसमेत भइरहेको बताइएको छ ।