विप्लव समुहका कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 18 | 09:15 pm 1928

दाङ, मंसिर २: सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द (विप्लव) समुहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दलित मुक्ती मोर्चा दाङको जिल्ला कमिटी उपाध्याक्ष २६ वर्षीय ठाकुर प्रसाद बिक रहेका छन् ।

जिप्रका दाङ कार्यालयबाट खटी गएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा दाङ तुल्सीपुर उप–महानगरपालिका वडा नं ५
स्थित सडक खण्डमा लुकीछिपी हिडीरहेको अवस्थामा बिकलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि कार्यालयमा ल्याईएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.