दाङ, मंसिर २: हराएको मोटरसाइकल फेला पारी सम्बन्धीत व्यक्तिलाई बझाइएको छ ।
गत कात्तिक २९ गते रातको करिब १० बजेको समयमा घोराही उपमहानगरपालिका १५ स्थित राप्ति सुपर मार्केट नजिक पार्किङ गरी राखिएको रा ३ प ८५६९ नम्बरको कालि रातो २२० सीसीको पल्सर मोटरसाईकल हराई हराएको थियो ।
खोजतलासको लागि प्रहरी कार्यालयमा निवेदन दिएकोमा उक्त मोटरसाइकल खोजतलास गर्दै जाँदा मंसिर १ गते घोराही उपमाहानगरपालिका १८ स्थित घोरदौरा जाने बाटो नजिकको जंगलमा लुकाई छिपाई राखेको अवस्थामा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारेका थिए ।
उक्त मोटरसाइकल कार्यालयमा ल्याई आज सोमबार मोटसाइकलका सम्बन्धित धनीलाई बुझाईएको प्रहरीले जानकारी दिए ।