प्रधानमन्त्री निवास नजिक मिर्गौला पीडितको प्रदर्शन

रिपोर्ट नेपाल | 2019 Nov 18 | 01:19 pm 1276

काठमाडौं, मंसिर २: मिर्गौला पीडित आफ्ना मागहरुसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक प्रदर्शन गरेका छन् ।

निःशुल्क हेमोडायलासिसलगायतको सुविधा उपलब्ध गराउन माग गर्दै १४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडितहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कोसिस गरेका थिए ।

तर, प्रधानमन्त्रीलाई भेट्न नदिएरपछि समय नदिएको भन्दै उनीहरु नाराबाजी गर्दै फर्किएका थिए ।

प्रधानमन्त्री आफैं मिर्गौला पीडित भएर पनि आफूहरुको गुनासो नसुनेको भन्दै उनीहरुले आक्रोश पोखे ।

मिर्गौला पीडित सरोकार समाजको नेतृत्वमा सोमबार बिहान बालुवाटार पुगेका उनीहरुले जीवीकोपार्जन वापतको मासिक भत्ता, डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गर्दै प्रदर्शन गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.