कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

रिपोर्ट नेपाल | 2019 Nov 17 | 10:58 am 1747

कञ्चनपुर, मंसिर १: गएराति कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बाणीमा मोटरसाईल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मत्यु हुनेमा कृष्णपुर नगरपालिका ३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षी सुनिल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैन बहादुर साउदले जानकारी दिए ।

नम्बर नभएको (अन टेस्ट) पल्सर मोटरसाईकल सडक छेउ रोकी राखेको ना ३ ख १४२४ नम्बरको ट्रकमा ठोक्किएर गम्भीर घाइते भएका थिए ।

मोटरसाईकल सवार गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याईए पनि उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाए । मृतक दुबै जनाको शव परिक्षणका लागि अस्पतालमा राखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.