पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नका लागि आफूले भूमिका निर्वाह गर्नेः उपसभापति गच्छदार

रिपोर्ट नेपाल | 2019 Nov 17 | 07:11 am 1980

सुनसरी, मंसिर १: प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् । उनले गुटउपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्ने उल्लेख गरे।

शनिबार सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा आयोजित कार्यकर्ता भेलामा नेता गच्छदारले आफू पार्टीभित्र कुनै गुटको राजनीतिमा नलाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले अहिले पार्टीमा रहेको गुटउपगुटलाई मिलाउनका लागि आफूले सक्दो पहल गरिरहेको बताए । वर्तमान सरकारबाट जनता आजित भएको उपसभापति गच्छदारको ठम्याई थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.