आईपीएलमा सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी

रिपोर्ट नेपाल | 2018 Jun 24 | 06:02 pm 3669

काठमाडौँ , १० असार :  इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । शनिबार महानगरीय अपराध महाशाखाको टोलीले ठगी आरोपी अमृत भन्ने नथमल अग्रवाल (नागराज)लाई काठमाडौं पानीपोखरीबाट पक्राउ गरेको हो।

स्थाई घर धनुषा, जनकपुर नगरपालिका-३ भएका ४८ वर्षका अग्रवाल हाल काठमाडौं पानीपोखरी बस्दै आएका थिए।

भारतमा भएको आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी प्रलोभन देखाएर दुई करोड चालीस लाख ठगी गरी सम्पर्कविहीन भएको आरोप लागेको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। अग्रवालको गठीमा महोत्तरी मनरासिसुवा वर्षका ३९ को राकेश सिंहलगायत व्यक्ति परेका छन्।

पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.