सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 15 | 02:48 pm 1548

बैतडी, कात्तिक २९ : महिलालाई सामूहिक बलात्कारको आरोपमा बैतडीमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–५ का सोबी चन्द र रामी दयाल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

उनीहरुमाथि कात्तिक २६ मा साँझ मेलौली जात्रामा मानसिक सन्तुलन गुमाएकी ४५ वर्षीया एक महिलामाथि सामूहिक बलात्कारको आरोप छ। पीडित पक्षको किटानी जाहेरीको आधारमा दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैमाथि जबरजस्तीकरणी मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट १० दिनको म्याद थपिएको छ। घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.