बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद शुक्रबार स्वदेश फर्किँदै

| 2019 Nov 15 | 08:18 am 2017

काठमाडौं, कात्तिक २९: गत मंगलबार नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किँदैछन् । स्वदेश फर्किनुअघि उनले चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्ने भएका छन् ।

राष्ट्रपति हमिद (आज) शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर जाने कार्यतालिका रहेको छ ।

सदभावना भ्रमणका लागि आएका राष्ट्रपति हमिदले मंगलबार दिन भक्तपुर दरबार स्क्वायर चाख मानेर अवलोकन गरेका थिए ।

बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका उनी बिहीबार भने पोखरा घुम्न गएका थिए । उनले पोखराको फेवातालमा डुंगा सयर गरे भने रुपाकोट रिसोर्टबाट प्राकृतिक सुन्दरता अवलोकन गरे । उनी पोखरामा करिब पाँच घण्टा बिताएर उनी बिहीबारै काठमाडौं फर्किएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.