एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालाई

रिपोर्ट नेपाल | 2019 Nov 14 | 03:59 pm 2139

काठमाडौं, कात्तिक २८ : ‘एभीसी सेन्ट्रल जोन महिला भलिबल २०१९’ को उपाधि नेपालले जितेको छ । बिहीबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको हो । च्याम्पियनसिपमा नेपाल अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्न सफल भएको हो । २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठुलो पदक हो ।

ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा बिहीबार पहिलो सेटमा पछि परेपनि नेपालले उत्कृष्ट पूनरागमन गर्दै २५–१३ को जित निकाल्न सफल भयोे ।

उच्च प्रदर्शन गरेको नोपलले दोस्रो सेटमा २५–१२ को सहज जितसहित खेलमा २–० को अग्रता लियो । तेस्रो सेटमा पनि उच्च प्रदर्शनलाई कायमै राख्दै नेपालले २५–८ को एकपक्षीय जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.