चितवनको जलवीरेमा सवारी दुर्घटना एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Nov 14 | 07:50 am 1632

चितवन, कात्तिक २८: बिहीबार बिहान चितवनमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ३० वर्षिय रोशन सापकोटा रहेका छन् ।

उक्त दुर्घटना बिहान २ः ३० बजे ईच्छाकामना गाउँपालिका – ६ जलवीरेस्थित दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए।

प्रहरीले दिएको जानकारी अनुसार नारायणगढबाट मुग्लिन जाँदै गरेको बा १० च ४४१३ नं को बोलेरो र विपरीत दिशा तर्फ आउँदै गरेको बा ६६ प २९६५ नं को मोटरसाइकल एक आपसमा ठोक्किएको बताए ।

दुर्घटनामा गम्भीर घाइते सापकोटाको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा ३ः१८ बजे मृत्यु भएको हो । बोलेरो इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.