सभामुख नहुँदा प्रहरीसम्बन्धी दुई विधेयक संसदमै

रिपोर्ट नेपाल | 2019 Nov 14 | 07:37 am 1946

काठमाडौँ, कात्तिक २८: सभामुख कृष्णबहादुर महराले राजिनामा दिए पश्चात् रिक्त रहेको सभामुख पदमा नयाँ सभामुख नियुक्त नहुँदा  प्रहरीसम्बन्धी दुई विधेयक संसदमै अड्किएका छन् ।

प्रहरीको कार्यसञ्चालन र समायोजनसम्बन्धी विधेयक संसदबाट पारित भए पनि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउन सकिएको छैन।

सदनले पारित गरेको विधेयक सभामुखले प्रमाणित गरेपछि मात्र राष्ट्रपतिसमक्ष पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । संघीय कानुन नबन्दा प्रदेश सरकारहरूले प्रहरी संरचना गठन गर्न सकेका छैनन् ।

प्रदेश प्रहरी गठनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न तयार बसेका उनीहरू त्यसअघि संघीय विधेयक प्रमाणीकरणको प्रतीक्षामा छन् । आजको कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.