नेपालगन्ज, १० असार : बाँकेमा नेपाली सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ परेका छन्् । राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको श्री मेयर गणका मेजर धिरेन्द्र जंग शाही ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी राजेन्द्र आर्यालले बताए ।
मेजर शाही ब्राउन सुगर खरिद गर्न ढकेरी गएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरको विशेष टोलीले शनिबार साँझ ढकेरीस्थित एक कटेजमा छापा मारी पक्राउ गरेको हो । पक्राउ परेका पौडेल लागूऔषधको ठूलो कारोबारी रहेको प्रहरीको दाबी छ ।
उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीसँगै बाँके राप्तीसोनारी–९ का रेम पौडेल पनि पक्राउ परेका छन् ।