२५ जुवाडेमाथि अर्को मुद्दा चलाइने

| 2019 Nov 12 | 12:39 pm 1842

काठमाडौं, कात्तिक २६: गत कात्तिक १७ गते महाराजगञ्जस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका २५ जुवाडेमाथि अर्को मुद्दा चल्ने भएको छ।

पक्राउ परेका पहुँचवाला जुवाडेहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर हिरासतमा लिइएको थियो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी उमेश लम्सालका अनुसार उनीहरुमाथि सम्पत्ति शुद्धीकरण मुद्दा चलाउने तयारी गरिएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर निस्किएका सबैजनालाई प्रहरीले पक्राउ गरेर अहिले महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जको हिरासतमा राखिएको छ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ बरामद गरेको थियो। ती सबैजनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाइने डिएसपी लम्सालले बताए।

सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले उनीहरुलाई पुनः पक्राउ गरिएको पुष्टि गर्दै लम्सालले म्याद थपका लागि विभागमा उपस्थित गराइने जानकारी दिए।

सम्पत्ति शुद्धीकरणमामा उनीहरुलाई ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.