डा केसीको समर्थनमा आइतबार सरकारी गाडी चल्न नदिने

रिपोर्ट नेपाल | 2019 Nov 10 | 01:59 pm 1523

डडेल्धुरा, कात्तिक २४: १७ औं पटक आमरण अनशन बसेका डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ ।

डा केसी अनसन बसेको एक सात बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरेको भन्दै समर्थकले सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् ।

आइतबार कुनै पनि सरकारी गाडी चल्न नदिइने डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । अन्य सवारी भने रोकिने छैन ।

सदरमुकाम बागबजार क्षेत्रमा दिउँसो १ः३० वजे देखि २ः३० बजेसम्म पसल बन्द गर्ने निर्णय पनि गरिएको बताए ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भने सरकारी गाडी चल्नमा रोक लगाउने कुरा आफूहरुलाई मान्य नहुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.