विश्वका ३० प्रदूषित सहरहरु मध्ये काठमाडौं सातौं स्थानमा

| 2019 Nov 10 | 07:30 am 2422

काठमाडौं, कात्तिक २४: काठमाडौंको वायुमण्डल आफैँमा प्रदूषित छ।

सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको भन्दा ६ गुणा बढीसम्म त्यस्तो धुवाँधुलो रेकर्ड भएको छ।

पूर्वाधार निर्माण, सवारी साधन, इँटाभट्टा, घरभित्रको धुवाँ, फोहोर जलाइनु, कलकारखाना लगायत काठमाडौंको धुवाँधुलोका मुख्य स्रोत भएको छ।

स्वीट्जरल्याण्डका विशेषज्ञहरुको एउटा समूहले गत बुधबार सार्वजनिक गरेको ‘आईक्यु एअर भिजुअल’ प्रतिवेदनमा विश्वका ३० प्रदुषित सहरको सूचीमा काठमाडौं सातौं नम्बरमा परेको छ। कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.