स्याङजा, कात्तिक २०: बुधबार स्याङ्जाको काली गण्डकी गाउँपालिका ३ र ४ को सीमामा पर्ने भुष्टुङ्ग भन्ने स्थानमा अवस्थित कुवामा एक बेवारिसे शव फेला परेको छ । शव कस्को र कसरी त्यहाँ आयो भन्नेबारे केही पहिचान खुलेको छैन् ।
शवको अवस्था हेर्दा पुरै कुवामा डुवेको छ । शव महिलाको हो या पुरुषको हो थाहा भई सकेको छैन् । स्थानीयले कुवामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
अहिले उक्त क्षेत्रमा वालिङ्गबाट प्रहरी टोली अनुसन्धानको लागि घटनास्थल तर्फ खटाइसकेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिए ।
त्यस्तै बिर्घा प्रहरी चौकीका इन्चार्ज खडक बहादुर मल्लले भने वालिङबाट अनुसन्धानको आइनपुगिन्जेल घटनास्थल सुरक्षित राखिएको जनाए ।