काठमाडौं, कात्तिक १९: बैंकिङ कसुर मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संजय पोख्रेल र लक्ष्मी देवी पोख्रेल रहेका छन् ।
उनीहरुलाई बैकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसलाले हेटौंडा उपमहानगरपालिका वडा नं २ बस्ने संजयपोख्रेललाई ३ वर्ष कैद र १ करोड ९५ लाख २६ हजार जरिवाना तोकेको थियो ।
त्यसैगरी लक्ष्मीदेवी पोख्रेललाई ७९ लाख २२ हजार हजारजरिवाना र २ वर्ष कैद हुने ठहर भएको थियो । उल्लेखित सजाय वेरुजु रही फरार रहेका अभियुक्त मध्ये संजय पोख्रेललाई यही कात्तिक १७ गते गौशला, काठमाडौंबाट र लक्ष्मी देवी पोख्रेललाई कात्तिक १९ गते पर्सा वीरगंजबाट पक्राउ गरी गरिएको हो ।
उनीहरुलाई जिल्ला अदालत काठमाडौं र पर्सा मार्फत कैद भुक्तानका लागि कारागार पठाईएको छ । साथै निज कसुरदारहरुले २०६७ फागुन २५ गते क्रिष्टल फाईनान्स लि.थापाथलीबाट जग्गा धितो राखी धितो राखेको जग्गाको आफुखुशीअस्वभाविकरुपमा मूल्याङ्कन गराई कर्जा लिई कर्जा दुरुपयोग गरेका थिए ।
उक्त अभियोगमा उनीहरुलाई उल्लेखित कैद तथा जरिवाना हुने फैसला भएको थियो ।