- महेश सिंह
सिरहा, कात्तिक १९: लहान नगरपालिका वडा नम्बर ४ मा मंगवार बिहान बहुलाएको स्यालले गाउँका १६ जनालाई एकै दिनमा टोकेपछी पुरै गाउँ आतंकित भएका छन् ।
सिरहा र सप्तरीको सिमाना पर्ने बलान खोलाको सिसौघारीबाट निसकेको स्यालले लहान नगरपालीका ४ कुमहालटोलमा १६ जना मानिसलाई टोकेको हो ।

बिहानै गाउँका महिला र पुरुषहरूले सौचका लागि घर बाहिर निस्केको मानिसहरुलाई सेतो रंगको स्यालले टोकेपछी दर्जनौं महिला र पुरुष घाइते भएका छन् ।
घाईते हुनेमा ७० वर्षीय रामबालक पण्डित, ४५ वर्षीय सोनाई मेस्तर, ५ वर्षीय मो रेहान, ५५ वर्षीया गुलाबदेवी महतो घाइते भएका छन। समान्य घाइते हुनेमा संन्जुदेवी महतो, प्रदीप महतो, सुरज कुमार दास, नन्दनी मेस्तर, रबिना कुमारी मेस्तर, संजीव कुमार दास लगायतका ब्यक्तीहरु रहेका वडा अध्यक्ष रामनाथ पण्डितले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय लहानका डिसपी भेषराज रिजाल र सशस्त्र क्याम्प लहानका सशस्त्रका डिसपी अर्जुण सापकोटाले सूचना पाए लगत्तै घटना स्थल पुगेका थिए ।
घाइते सबै जनाको लहान अस्पतालमा उपचार भई रहेको अस्पताल प्रमुख सुनिल कुमार कुशवाहाले बताए ।