नेपाल र यूएईबीच नयाँ समझदारी मंगलबारदेखि पूर्ण रुपमा कार्यान्वयन

| 2019 Nov 05 | 01:45 pm 1728

काठमाडौं, कात्तिक १९: गत जेठमा भएको नेपाल र यूएईबीच नयाँ समझदारी मंगलबारदेखि पूर्ण रुपमा कार्यान्वयनमा आएको छ ।

श्रम समझदारी प्रभावकारी कार्यान्वयनका लागि नेपाल र यूएईको संयुक्त कार्य समूह (जोइन्ट वर्किङ कमिटी)को आइतबार र सोमबार काठमाडौंमा बसेको बैठकमा टुङ्ग्याउन बाँकी प्रक्रियागत कुरामा सहमति जुटेसँगै मंगलबारदेखि समझदारी कार्यान्वयनमा गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।

समझदारी अनुसार, अब यूएई जाने कामदारले कल्याणकारी कोषमा तिर्नुपर्ने १५ सय रुपैयाँ, अभिमुखीकरण तालिमबापत ७ सय र बिमाको रकम तिरे मात्रै हुनेछ ।

यूएई र नेपालमा गर्ने स्वास्थ्य परीक्षण, यूएईमा हुने बिमा, हवाइ टिकट लगायत सबै लागत रोजगारदाताले नै व्यर्होर्ने सहसचिव घिमिरेले बताए ।

बैठकमा श्रम मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरको नेतृत्वमा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डल र यूएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.