भक्तपुर, ९ असार : माध्यमिक शिक्षा परीक्षा (एसर्इर्इ) को नतिजा सार्वजनिक भएको छ । शनिबार परीक्षा बोर्डको बैठक बसेपछि पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक भएको हो ।
एसर्इर्इको नतिजा आइभीआर, एसएमएस र विभिन्न वेबसाइटमा हेर्न सकिन्छ। आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ। एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ।
एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np मा, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np मा, परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ।
कसरी हेर्ने एसर्इर्इकाे नतिजा ?
एसईईको नतिजा वेवसाइट, एसएमएस र आईभिआरबाट प्रकाशन हुने भएको छ । नेपाल टेलिकम, आकाश टेक प्राली, फोकशवान नेपाल, एनसेल, वान अप कम्युनिकेशन, जानकी टेक्नोलोजी, एजि सर्भिस लगायतबाट एसएमएसमार्फत हेर्न सकिन्छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट http://www.soce.gov.np मा हेर्न पनि सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र नेपाल टेलिकमको http://www.slc.ntc.net.np, एनसेल प्रा. लि.को www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । तर, लोड बढी भएका कारण यी साइटहरू खुल्न सकेका छैनन् ।