काठमाडौं, कात्तिक १८: प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले सातै प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ।
सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।
नेकपाका महासचिव विष्णु पौडेलका अनुसार प्रदेश प्रमुखमा सिफारिस भएकाहरुमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाई र काठमाडौंकी शर्मिला त्रिपाठी रहेका छन्।
कुन प्रदेशमा कसलाई पठाउने भन्ने कुराको टुंगो सरकारले लगाउनेछ, नेकपाले मनोनयनका लागि नाम सिफारिसको निर्णय मात्रै गरेको हो।