हाइड्रोपावरको सुरुङभित्र पसेका छ कामदार सम्पर्कविहीन

रिपोर्ट नेपाल | 2019 Nov 04 | 12:49 pm 1905

बझाङ, कात्तिक १८: सोमबार बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा निर्माणाधीन कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र पसेका छ जना कामदार सम्पर्कविहीन भएका छन् । उनीहरु काम गर्नका लागि भन्दै ३ वटा ट्याक्टर र एक जिपसहित आइतबार सुरुङभित्र पसेको प्रहरीले जानकारी दिए ।

सुरुङभित्र पसी सम्पर्कविहीन भएकाहरुमा कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, महेन्द्र साउँद, शेरबहादुर धामी लगायत रहेका छन् । साथमा गएका अन्य दुईजनाको नाम पत्ता लागेको छैन ।

प्रहरीले दिएको जानकारी अनुसार सुरुङभित्र पसेका दुईजना बाहिर निस्किएको बताइए पनि उनीहरु सम्पर्कमा नभएका कारण उनीहरुको विस्तृत विवरण भने थाहा पाउन सकको छैन ।

सुरुङभित्र सम्पर्कविहीन भएकाअरुको उद्धारका लागि गएका दुईजनाको बेहोसीमा प्रहरीले उद्धार गरेको छ । सुरुङको लम्बाइ १ किलोमिटर ४ सय मिटर छ । अक्सिजनको अभावका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाए । उद्धारका लागि बझाङ, धनगढी र दिपायलबाट प्रहरी टोली परिचालन गरिएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.