नोबेल अस्पतालमा शल्यक्रियाको नाटक गरेर सुत्केरीको मृत्यु !

| 2018 Jun 23 | 07:37 pm 3514

विराटनगर९ असार : विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा चिकित्सकको लापरबाहीले महिलाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका-८ बकालकी २८ वर्षीया अनु सोनीको उपचारको क्रममा शनिबार बिहान ११ बजे मृत्यु भएको हो ।

मृत्युको कारण खुलाउन माग गर्दै परिवारजनले बिहान ११ बजेदेखि साँझसम्म अस्पताल परिसरमा नारा लगाएका थिए । अनुका पति रमन कुमार स्वर्णकारले उनलाई नियमित गर्भवती परीक्षणका लागि बिहीबार अस्पतालमा ल्याएको बताए ।

‘स्वस्थ अवस्थामा रहेको सुत्केरीलाई जबर्जस्ती एउटा स्वास्थ्यकर्मी दिदीले अनुलाई आईसीयूमा भर्ना गर्नेसम्मको षड्यन्त्र गरेर चिकित्सकहरुले मारेको छ,’  पति रमनले भने ‘अनु स्वस्थ्य रहेको अवस्थामा सिकारु चिकित्सकहरुलाई अभ्यास गराउन पुनस् शल्यक्रियाको नाटक गरेर मारेको हो र अरु केही होइन ।’

रमनले यसअघि पहिलो बच्चा सामान्य प्रसूति भएर छोरो जन्माउने महिलालाई दोस्रो बच्चाको लागि प्रसूति गराउन शल्यक्रिया गरेर हत्या गरेको आरोप लगाए । उनले साढे ४ वर्षको छोरा र नवजात छोरीको आमाको काँख खोस्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.