बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो (समाचार अपडेट)

रिपोर्ट नेपाल | 2019 Nov 03 | 04:13 pm 2598

दोलखा, कात्तिक १७: काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। दुर्घटनामा १० जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन्।

२० जना भन्दा बढी घाइते भएको जानकारी दिए । घाइते हरुको विभिन्न स्थानका अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए । मृतकको सनाखत हुन भने बाँकी रहेको छ। मृतकको सनाखत हुन भने बाँकी छ।

सुनकोशी नदीमा खसेको यात्रुवाहक बस तानेर नदी किनारामा निकालिएको छ।

आइतबार दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको माघापौवाबाट शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेमा दुर्घटना भएको थियो।

नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, र्‍याफ्टिङ गर्न गएका युवा र स्थानीयको सक्रियतमा उद्दार भइरहेको छ। मृतकको संख्या अझै बढ्न सक्ने घटनास्थलबाट बलेफी गाउँपालिका–८ का वडाध्यक्ष चरीबहादुर तामाङले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.