पाँच राउण्ड गोली सहित एक पक्राउ

| 2019 Nov 02 | 05:06 pm 2456

सोलुखुम्बु, कात्तिक १६: जिल्लाको सोताङ गाउँपालिका १ स्थित सालघारी जंगलबाट पाँच राउण्ड गोली सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाकुलुङ गाउँपालिका १ का ३४ वर्षीय ङिमा शेर्पा रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी पावैबाट खटिएको प्रहरीले उनलाई उक्त गोली सहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.