बाँके, कात्तिक १५: गुलरियाबाट नेपालगन्ज तर्फ आइरहेको भे १ च ११५० नम्बरको यात्रुवाहक बस बाँकेको खजुरा गाँउपालिका वडा नं ३ टेलारी नालामा शुक्रबार साँझ दुर्घटना हुदा २५ जना घाइते भएका छन् ।
घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको ईमर्जेन्सीमा उपचारका लागि ल्याइएको प्रहरीले जानकारी दिए । घाइतेहरुको तत्काल मेडिकल कलेजका डिजाष्टर टीम, अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले तत्काल प्राथमिक उपचारका साथै घाइतेको व्यवस्थापन गरेका थिए ।
नेपालगन्ज मेडिकल कलेजका चिकित्सक तथा प्राविधिक कर्मचारीहरुको टीम ईमर्जेन्सी विभागमा घाइतेहरु ल्याएको १ मिनेटमै आएको अस्पतालका सहायक निर्देशक तथा सर्जन डा रोमन किदवाइले जानकारी दिए। घाइतेहरुको सम्पूर्ण विवरण आउन बाँकी रहेको छ ।