बारा, कात्तिक १५: ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा देवताल गाउँपालिका वडा नं ३ का वीरबहादुर यादव रहेका छन् ।
उनलाई २०७६ बैशाख २३ गते बारा पचरौता नगरपालिका वडा नं २ का अब्दुल अहमद अंसारीको छोरा वर्ष २४ को समिम आलमलाई फलामको रड प्रहार गरी गम्भिर घाईते बनाएकोमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दा पशचात उनी फरार रहेका थिए ।
यादवलाई प्रहरीले बारा कलैया उपमहानगरपालिका वडा नं १ मोतिबाग टोलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरेको थियो ।
जिल्ला अदालतको आज (शुक्रबार)को आदेशले निजलाई पुर्पक्षको लागि कारागार कार्यालय वीरगंज पर्सामा पठाईएको छ ।