मकवानपुर, कात्तिक १५: पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको हेटौँडा–१५ रातोमाटे लच्कामा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको ना ४ ख ५७०० नम्बरको मुनाल यातायात प्रालिको यात्रुवाहक बस दुर्घटना भएको हो । बसको ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए ।
घाइते भएकाहरु मध्ये १९ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने २ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाए ।