जुवाको खालबाट ६ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 01 | 10:59 am 4080

बारा, कात्तिक १५: अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । गए राति करिब १०ः २० बजेको समयमा बारा प्रसौनी गाउँपालिका वडा नं ५ प्रष्टोका टोल स्थितमा जुवा कौडा खेलिरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका वडा नं ५ प्रष्टोका पप्पु साह, प्रभु साह, पप्पु राय भर, अजय मण्डल, शम्भु साह र दिपक कुश्वाहा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जुवा कौडा खेलिरहेका ६ जनालाई नगद २३ हजार ९ सय २१ रुपैयाँ, कौडा १६ थान र ताससहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.