काठमाडौं, कात्तिक १४: बिहीबार काठमाडौंको लप्सेफेदीमा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा गरेको बा ५ ख ५०७० नम्बरको आमा ह्योल्मो यातायात नाम गरेको बस दुर्घटनामा भएको महानगरीय प्रहरी प्रभाग साँखुले बताए ।
दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको र घाइते सबैको उद्धार गरिएको छ । ओरालोमा चिप्लिएर बस दुर्घटनामा भएको अनुसन्धानबाट खुलेको छ । मृतकका पहिचान खुल्न बाँकी रहेको छ ।