जुवाडेलाई सात दिन थुनामा राख्न अदालतको अनुमति

रिपोर्ट नेपाल | 2019 Oct 31 | 03:26 pm 1884

काठमाडौं, कात्तिक १४: गत शनिबार राति काठमाडौं महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका २५ जना जुवाडेलाई सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई जुवाडेविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो ।

तिहारको समयमा महाराजगञ्जको एक घरमा जुवा खेलिरहेका बेला दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक ताससहित उनीहरु पक्राउ परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.