खोटाङ, कात्तिक १३: यात्रुवाहक बस दुर्घटना हुदाँ खोटाङमा १६ यात्रु घाइते भएका छन् ।
बुधबार को १ ख ६२२० नम्बरको बस दिक्तेलबाट विराटनगर जाँदै गर्दा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिए।
दुर्घटनापश्चात चालक जेवी तामाङ फारार रहेका छन्, उनको खोजीकार्य भइरहेको प्रहरीले जनाए । बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ ।
घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको बुझिएको छ ।