आगलागी हुँदा राजविराजमा तीन लाख बराबरको क्षति

रिपोर्ट नेपाल | 2019 Oct 30 | 08:07 am 1583

सप्तरी, कात्तिक १३: मंगलबार पटाका पड्काउने क्रममा राजविराजमा आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

राजविराज नगरपालिका–८ मा रहेको हिमालय टोलमा स्थानीय शिवेश सिंंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीय शोरभ यादवले जानकारी दिए । आगलागीबाट एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जानकारी दिए ।

आगलागीबाट नगद, जिन्सी, भाँडाकुँडा र सरसमान जलेर नष्ट हुँदा झण्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाए । समयमा दमकल नपुग्दा आगोले बढी क्षति गरेको स्थानीयको भनाइ छ । स्थानीयवासी र प्रहरीको सहयोगमा उक्त आगो नियन्त्रणमा लिइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.