काठमाडौं, कात्तिक १३: (एजेन्सी) मंगलबार फिलिपिन्सका दक्षिण क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । भूकम्पका कारण ३ सय भन्दा बढी व्यक्ति घाइते भएको फिलिपिन्सका अधिकारीले जानकारी दिए ।
भूकम्प स्थानीय समयअनुसार मंगलबार बिहान ९ः०४ मा तादुनान शहरको २५ किलोमिटर दक्षिणपूर्वमा सात किलोमिटरको गहिराइमा केन्द्रविन्दु रहेको बताइएको छ ।
अमेरिकी जिओलोजिकल सर्भेले मिन्दानाओ द्वीपलाई केन्द्रबिन्दु बनाएर भूकम्प ६ दशमलव ८ म्याग्निच्युटको भएको तर फिलिपिन्सका भूगर्भशास्त्रीहरुले यो तीव्रता ६ दशमलव ४ म्याग्निच्युटको मात्रै भएको जनाइएको छ ।
भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको बताइएको छ ।