डोल्पा, ९ असार : डोल्पामा सयौं वर्ष पुरान ७ वटा बुद्ध मूर्ति चोरी भएका बुद्ध मूर्ति चोरी भएका छन् । फोक्सुण्डो तालको किनार रिग्म गाउँको बीचमा रहेको शाङ्खे लामाको गुम्बाबाट मूर्ति चोरी भएको हो ।
गाउँले र गुम्बाका शाङ्खे लामाका परिवार पनि यार्सागुम्बा टिप्न पाटन गएको मौका छोपी बुद्ध मूर्तिहरु चोरी भएको स्थानीय आङबहादुर लामाले बताए । चोरी भएकामध्ये एउटा साढे १ फुट अग्लो र अन्य ६ वटा मूर्तिहरु साना कदका भएको जानकारीमा आएको लामाले बताए ।
यार्सागुम्बा टिपेस घर फर्केपछि गत बिहीबार मात्र मूर्ति चोरी थाहा पाएको स्थानीय पदमबहादुर बुढाले बताए । रिग्म गाउँको शाङ्खे लामाको गुम्बाबाट ऐतिहासिक बुद्ध मुर्तिहरु चोरी भएको कुरा अनौपचारिक रुपमा जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले बताए ।